रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी « Khabarhub

रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको एकडारास्थित रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी भएका छन् ।

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट बिहीबार राति ७ लाख ५ हजार मूल्य बराबारका ३ ओटा मूर्ति चोरी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले चोरहरुको एक समूहले मन्दिरबाट ३ ओटा मूर्ति चोरेको बताए ।

सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५÷१५ किलोग्रामका डेढ÷डेढ फिटको भगवान रामको सीता र लक्ष्मणको मूर्ति चोरिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रहरीले चोरहरुको खोजी भइरहेको जनाएको छ । ‘चोरी भएको खबर पाउनसाथा हामीले खोजी कार्य तीब्र पारेका छौं,’ डिएसपी बुढाथोकीले भने, ‘उनीहरु छिट्टै पक्राउ पर्छन् ।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल