पत्रकार रिसालको माग– ज्येष्ठ नागरिकलाई स्वेच्छिक मरण गर्ने अधिकार दिइयोस् | Khabarhub Khabarhub

पत्रकार रिसालको माग– ज्येष्ठ नागरिकलाई स्वेच्छिक मरण गर्ने अधिकार दिइयोस्


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

धेरै विद्वान छोराछोरीका आमाबुवाले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने रिसालको भनाइ छ ।

‘सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको छ,’ रिसालले भने, ‘सरकारले यससम्बन्धी कानूनी व्यवस्था गर्न गम्भीर भइदिनु प¥यो ।’

विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै रिसालले सरकारको ध्यानाकर्षण गराए ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

उहाँले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

संसदमा छलफलका क्रममा रहेको विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम