सर्वोच्च अदालतद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग « Khabarhub

सर्वोच्च अदालतद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ दिने सरकारी घोषणा गर्नुको कारणबारे सरकारसँग जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गर्दै प्रतिनिधिसभा सदस्य (सांसद)ले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुपरेको विषयमा जवाफ माग गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशरु दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलाशले ७ दिनभित्र कारणसहितको जवाफ पेश गर्न पनि आदेशमा उल्लेख गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा संघीय संसदको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सदस्य (सांसद)हरुले खर्च गर्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए ।

अर्थमन्त्रीको घोषणा संघीयता विरोधी भएको भन्दै अधिवक्ता पारसमणि भट्टराईले गत जेठ १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ४ : ०४ बजे

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका