मनु संहिता भन्छः साँझपख भुलेर पनि नगर्नुहोस् यी चार काम « Khabarhub

मनु संहिता भन्छः साँझपख भुलेर पनि नगर्नुहोस् यी चार काम


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यताअनुसार हामीले कुनै पनि काम समयमा गर्नुपर्ने हुन्छ ।

कुन समयमा कुन काम गर्दा उत्तम हुन्छ यस विषयमा धर्म शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । साँझको समय अर्थात जब सूर्यास्त हुन्छ, त्यतिबेला पनि केही काम गर्न नहुने मनु संहितामा उल्लेख गरिएको छ ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन्। मनु संहितामा विशेष गरेर सन्ध्यामा यी चार कामलाई  नगर्न उल्लेख गरिएको छ। मनु संहितामा लेखिएको छ-

चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

भोजन गर्नु

सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ। यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

सहवास गर्नु
मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु गर्नु हुँदैन।

साँझपख सुत्नु
मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु
मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल