मनु संहिता भन्छः साँझपख भुलेर पनि नगर्नुहोस् यी चार काम « Khabarhub

मनु संहिता भन्छः साँझपख भुलेर पनि नगर्नुहोस् यी चार काम


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यताअनुसार हामीले कुनै पनि काम समयमा गर्नुपर्ने हुन्छ ।

कुन समयमा कुन काम गर्दा उत्तम हुन्छ यस विषयमा धर्म शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । साँझको समय अर्थात जब सूर्यास्त हुन्छ, त्यतिबेला पनि केही काम गर्न नहुने मनु संहितामा उल्लेख गरिएको छ ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन्। मनु संहितामा विशेष गरेर सन्ध्यामा यी चार कामलाई  नगर्न उल्लेख गरिएको छ। मनु संहितामा लेखिएको छ-

चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

भोजन गर्नु

सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ। यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

सहवास गर्नु
मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु गर्नु हुँदैन।

साँझपख सुत्नु
मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नु
मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : १३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै