दुर्लभ मानिने दाइने शंख धार्मिक प्रयोजनमा मात्र होइन विभिन्न रोगको उपचारमा समेत लाभदायी « Khabarhub

दुर्लभ मानिने दाइने शंख धार्मिक प्रयोजनमा मात्र होइन विभिन्न रोगको उपचारमा समेत लाभदायी


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

शंख शंखेकिराको खबटाबाट बनेको एक प्रकारको वाद्ययन्त्र हो। धार्मिक कार्यमा प्रयोगमा ल्याइने शंख समुद्रमा पाइने जलचर प्राणीको खबटा हो । शंख धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउने गरिन्छ । नेपाल, भारत, श्रीलंका, बंगलादेश लगायत हिन्दू धर्मावलम्वीहरु भएका मुलुकमा शंख बढी मात्रामा प्रयोगमा आउँछ ।  शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिने शंख बहुमूल्य हुन्छ । लाखौं शंखमा दाहिने शंख एउटा मात्र पाइने विश्वास गरिन्छ ।

हिन्दू धार्मिक ग्रन्थहरु रामायण, महाभारतमा शंखको महिमा तथा गुणगान गाइएको हुन्छ । हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखनादलाई महत्त्व दिइन्छ ।

शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ । शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो । यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ।

बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ ।

आयुर्वेदअनुसार उपचारमा समेत शंखको प्रयोग गरिन्छ । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच–छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।
शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी मानिन्छ ।

अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो चमक आउने विश्वास गरिन्छ । शंख यतिमात्र नभएर कान पाक्ने रोगको उपचारमा प्रयोग गरिन्छ भने मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगको उपचारमा समेत लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ३६ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र