कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब « Khabarhub

कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपूर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ ।

केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् ।

केहीले भने महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् । साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रीत भएपनि निष्कर्षमा भने पुगी नसकेको बताए ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए । उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए ।

असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलीको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाईसकेको छ ।

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ३० बजे

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार