अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग वार्ता नहुने तालिबानको घोषणा « Khabarhub

अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग वार्ता नहुने तालिबानको घोषणा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता नगर्ने अडान राखेको छ ।

कतारको राजधानी दोहामा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता सुहेल सहिनले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता गर्नुको औचित्य नरहेको जनाएका हुन् ।

यसअघि अफगान सरकारले तालिबानसँग आगामी दुई साताभित्र तालिबानसँग युरोपको अज्ञात मुलुकमा प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको जनाएका थियो ।

शान्ति मामिलासम्बन्धी अफगानिस्तानका राज्यमन्त्री अब्दुल सलाम रहिमीले उक्त वार्ताका लागि अफगान सरकारले १५ सदस्यीय प्रतिनिधिमण्डलको घोषणा गर्ने जनाएका थिए ।

पछिल्लो समय तालिबान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जमल्काए खालिदजादको प्रतिनिधिमण्डलबीच कतारको राजधानी दोहामा शान्ति वार्ताका विभिन्न चरणहरु चलिरहेका छन् ।

वार्ताका क्रममा अमेरिकाले अफगान सरकार र तालिबानबीच बेग्लै सहमति आवश्यक रहेको बताउँदै आएको छ । तर तालिबानले भने अफगान सरकारलाई अमेरिकी कठपुतलीको संज्ञा दिँदै अमेरिकासँगको वार्तालाई प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ५३ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र