गाउँ–गाउँमा मेलमिलाप संयोजक, विवाद घटे | Khabarhub Khabarhub

गाउँ–गाउँमा मेलमिलाप संयोजक, विवाद घटे


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा २०७४/७५मा २५७ उजुरी निवेदन दर्ता भए । त्यसमध्ये १०५ निवेदनको मेलमिलाप गरियो । प्रक्रियामा रहेका १५१ मध्ये १८ लाई चालू आर्थिक वर्षमा टुङ्गो लगाइयो ।

नगरको न्यायिक समितिको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा १९५ मात्रै विवादका उजुरी न्यायिक समितिमा दर्ता भए । त्यसमध्ये ७९ उजुरीको अन्तिम टुङ्गो लागिसकेको छ भने ११६ उजुरी प्रक्रियामा छन् । स्थानीय तहमा न्यायिक समिति गठनपछि विवादका उजुरी सङ्ख्या धेरै थियो । आर्थिक वर्ष २०७४/७५ भन्दा ०७५/७६ मा विवाद केही थोरै भए ।

एकै जनाले विवाद मिलाउनुपर्ने, कर्मचारीको अभावजस्ता कारणले आएका विवाद समयमै निरुपण हुन नसक्दा सेवाग्राहीसमेत झन्झटमा थिए । तर अहिले उपमहानगरले न्यायिक समितिको दायरा फराकिलो पारेको छ ।

न्यायिक समितिको कामलाई गाउँ–गाउँसम्म पुर्‍याएको छ भने गाउँमै मेलमिलापको शुरुआत गरिएको छ । उपमहानगरपालिकामा पनि अहिले विवाद घटेका छन् । न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेका अनुसार अहिले न्यायिक समितिमा थोरैभन्दा थोरै विवाद आउन् भन्नका लागि वडा–वडामा मेलमिलाप संयोजक तोकिएको छ ।

गाउँमा हुने सानातिना झै झगडालाई गाउँमै समाधान होस् भनेरै मेलमिलाप संयोजक तोकिएको हो । “हामीले वडाहरुमा पनि अब मेलमिलापको काम थालेका छौं”, संयोजक न्यौपानेले भने, “अहिले उपमहानरका सबै वडामा करीब ४४/४५ जना तालीमप्राप्त मेलमिलापकर्ता हुनुहुन्छ, उहाँहरुले गाउँको विवाद उतै मिलाइरहनुभएको छ ।” जति सकिन्छ न्यायिक समितिमा उजुरी कम आओस् भनेर गाउँमै मेलमिलापको वातावरवण तयार पार्ने र जनतालाई सचेतना बाँड्ने कार्यक्रम आफूहरुले गरिरहेका उनको भनाइ छ ।

न्यायिक समितीलाई चुस्त र उत्कृष्ट बनाउनका लागि आफूहरुले विभिन्न निकायसँग निरन्तर छलफल, वार्ता संवादको कामलाई निरन्तरता दिएको उनले बताए । न्यायलाई सहज र विश्वासिलो बनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतसँग पनि निरन्तर छलफल, अन्तक्र्रिया, सुझाव–सल्लाह तथा सहयोग लिइरहेको उनले भनाइ छ ।

“सबैतिरबाट हौसला र सहयोग पाएका छौं, काम गर्न निकै सहज भएको छ”, उनले भने । अझैसम्म छलफलका लागि एउटा गतिलो इजलास बनाउन नसक्नु, कर्मचारीको अभाव कायमै रहनुले केही समस्या सिर्जना गरेको उनको भनाइ छ । छलफलका क्रममा अवस्था, समस्या र पीडितको भावना बुझेर कहिले खुला त कहिले गोप्यरूपमा इजलासको काम गर्ने गरेको उनले जानकारी दिए ।

उजुरी आउँदा र न्याय सम्पादनको कार्य गर्दा पीडक पक्षबाट केही धाकधम्की पनि आउने गरेको उनको अनुभव छ । लेनदेन र जग्गा विवादका मुद्दा अलि बढी झन्झटिला भएको उनको भनाइ छ । उपमहानगरको न्यायिक शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा लेनदेनका ३०, जग्गा विवादका ६९, कुलोनाला पानीका छ, घरभाडाका दुई, वातावरणसम्बन्धी दुई, घरेलु हिंसा ५२, गाली, कुटपिट एक र अन्य ३३ उजुरी परेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : ५५ बजे

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष