पर्यटन वर्षको प्रचार गर्न विदेश जाने कामदारलाई प्रवर्धनात्मक ‘क्याप’ र ‘टीसर्ट’ दिइने « Khabarhub

पर्यटन वर्षको प्रचार गर्न विदेश जाने कामदारलाई प्रवर्धनात्मक ‘क्याप’ र ‘टीसर्ट’ दिइने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई नेपाल भ्रमण वर्ष सन् २०२० को मनाउन आयोजक समितिमा राखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाल भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रलाई समेत समावेश गरेको छ ।

नेपालबाट विमानस्थल बसपार्क प्रयोग गरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भ्रमण वर्ष संकेत गर्ने क्याप र टिसर्ट लगाएर पठाउँदा नेपाल भ्रमण वर्ष प्रभावकारी पार्ने सरकारी योजना सफल बनाउन मद्दत पुग्ने बैठकमा संघका अध्यक्ष रोहन गुरुङले बताएका थिए । ।

म्यानपावर कम्पनीहरुले वार्षिक ३ लाख बढी कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । व्यक्तिगत, रिईन्ट्री बैधानिकीकरणको प्रक्रिया पूरा गरी वार्षिक ६ लाख भन्दाबढी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

दैनिक ९ सयको संख्यामा जाने उनीहरुले भ्रमण वर्ष अंकित क्याप र टिसर्ट लगाएर विदेशी विमानस्थलमा उत्रिदा त्यसले नेपाल भ्रमण वर्षलाई प्रचारमा सहयोग पुग्ने धारणा राखिएको भन्दै समितिको आगामी बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ३२ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै