पर्यटन वर्षको प्रचार गर्न विदेश जाने कामदारलाई प्रवर्धनात्मक ‘क्याप’ र ‘टीसर्ट’ दिइने « Khabarhub

पर्यटन वर्षको प्रचार गर्न विदेश जाने कामदारलाई प्रवर्धनात्मक ‘क्याप’ र ‘टीसर्ट’ दिइने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई नेपाल भ्रमण वर्ष सन् २०२० को मनाउन आयोजक समितिमा राखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाल भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रलाई समेत समावेश गरेको छ ।

नेपालबाट विमानस्थल बसपार्क प्रयोग गरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भ्रमण वर्ष संकेत गर्ने क्याप र टिसर्ट लगाएर पठाउँदा नेपाल भ्रमण वर्ष प्रभावकारी पार्ने सरकारी योजना सफल बनाउन मद्दत पुग्ने बैठकमा संघका अध्यक्ष रोहन गुरुङले बताएका थिए । ।

म्यानपावर कम्पनीहरुले वार्षिक ३ लाख बढी कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । व्यक्तिगत, रिईन्ट्री बैधानिकीकरणको प्रक्रिया पूरा गरी वार्षिक ६ लाख भन्दाबढी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

दैनिक ९ सयको संख्यामा जाने उनीहरुले भ्रमण वर्ष अंकित क्याप र टिसर्ट लगाएर विदेशी विमानस्थलमा उत्रिदा त्यसले नेपाल भ्रमण वर्षलाई प्रचारमा सहयोग पुग्ने धारणा राखिएको भन्दै समितिको आगामी बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ३२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी