भारतले सुरु गर्‍यो, हामी समाप्त पार्छौं– पाकिस्तान « Khabarhub

भारतले सुरु गर्‍यो, हामी समाप्त पार्छौं– पाकिस्तान


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले एक पटक फेरि भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी गरेको छ ।

यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्रविधी मन्त्री फवाद हुसेन चौधरीले गरेका छन् ।

मन्त्री चौधरीका अनुसार पाकिस्तान आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा भारतका लागि बन्द गर्ने विषयमा विचार गरिरहेको छ ।

फवाद चौधरीले अफगानिस्तानको साथ कारोबार गर्न भारतले पाकिस्तानको जमिनको प्रयोग गरिरहेको छ र यसमाथि पनि पाकिस्तानले प्रतिबन्ध लगाउने छ ।

मन्त्री चौधरीले ट्वीटरमा लेखेका छन्,‘प्रधानमन्त्री भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्णरुपमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहनु भएको छ । यसका साथ नै अफगानिस्तानका साथ कारोबारमा भारत पाकिस्तानको रुट प्रयोग गरिरहेको छ यसमाथि पनि मन्त्रिपरिषद् बैठकमा उठेको छ । केही कानूनी औपचारिकता बाँकी छ यो फैसला विचाराधीन छ । मोदीले शुरु गरेका छन् हामी खतम गर्छौं।’

चौधरीको यो भनाइ पाकिस्तानी प्रतिनिधि इमरान खानले राष्ट्रको नाममा संबोधन गरेपछि आएको हो । इमरान खानले आफ्नो सम्बोधनका क्रममा पाकिस्तान कश्मीरको विषयमा चुप लागेर नबस्ने बताएका थिए ।

यसअघि भारतले पाकिस्तानको बालकोटमा एयरस्ट्राइक गरेपछि पाकिस्तानले आफ्नो हई क्षेत्रको प्रयोगमा भारतमाथि प्रतिबन्ध लगाएको थियो ।

पाँच अगस्टमा भारतले जम्मू कश्मीरको संवैधानिक स्वायत्तधा समाप्त पोर्ने घोषणा भारतले गरेको थियो ।

यो फेसलापछि पाकिस्तान रिसाएको छ र यसको विरुद्धमा विश्वका हरेक जसो मञ्जमा आफ्नो विरोध जनाइरहेको छ । यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँग कारोबार र राजनीतिक सम्बन्धपनि तोडेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : २४ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय