पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार « Khabarhub

पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंघलाई पत्राचार


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी सेनाले आफ्नो सीमा क्षेत्रमा उत्तेजक गतिविधि गरिरहेको भन्दै अफगानिस्तान सरकारले यस विषयमा आवश्यक कदम चाल्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई गत साता लेखेको पत्रमा अफगानिस्तान सरकारले पाकिस्तानी सेनाको उल्लङ्घनको कडा निन्दा गर्दै उत्तेजक एवं गैरकानूनी गतिविधिविरुद्ध आवश्यक कदम चाल्न आह्वान गरेको हो ।

अफगानिस्तान सरकारले पत्रमा पाकिस्तानी सेनाले अफगान भूमिमा सैनिक पोष्ट र छेकबार बनाएको, अगष्ट १९ र २० का दिन कुनार प्रान्तको शेल्तान जिल्लामा २ सय भन्दा धेरै रकेट प्रहार गरेको, आवशीय सम्पत्ति तथा स्थानीय मानिसहरुलाई विस्थापित गर्नेगरी हवाई क्षेत्रको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

पाकिस्तान सरकारलाई पटक–पटक आग्रह गर्दा पनि पाकिस्तानले आफ्नो गतिविधिलाई निरन्तरता दिएको पत्रमा उल्लेख छ ।
पत्रमा अफगानिस्तान सरकारले संयुक्त राष्ट्रसंघ घोषणापत्रको धारा २, अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन गरेको मा समेत पाकिस्तानको चर्को आलोचना गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  ३ : ५८ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको