भूकम्प गएको चार वर्ष बितिसक्दा काठमाडौंमा २७ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण « Khabarhub

भूकम्प गएको चार वर्ष बितिसक्दा काठमाडौंमा २७ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ ।

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङले बताइन् ।

नगरपालिकामा पुनःनिर्माणका लागि लाभग्राही सङ्ख्या छ हजार १७४ रहेकामा एक हजार ६५२ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माण गरेको कार्यालयले जनाएको छ । प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन ।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको इञ्जिनीयिर गुरुङले जानकारी दिइन् ।

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार ६२ र दोस्रो किस्ता लिने दुई हजार ८५ लाभग्राही छन् ।करीब तीन हजार लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै नगरेको कार्यलयले जनाएको छ । धेरैले प्रवलीकरणमा सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणमा आउन चाहदैनन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ०९ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर