तामाको औँठी धारण गरे यस्तो फाइदा « Khabarhub

तामाको औँठी धारण गरे यस्तो फाइदा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सन् २००६ भन्दा अगाडि सौर्यमण्डलमा ९ ग्रह रहेको तथ्यांक थियो । पछि ग्रहहरुको संख्या घटाइयो र ८ वटा बनाइयो ।

धार्मिकशास्त्रअनुसार पनि ९ ग्रह रहेको बताइन्छ । हरेक ग्रहको आफ्नै धातु हुन्छ । ग्रहको राजा सूर्य हो र सूर्यको धातु तामा हो । धर्मशास्त्रअनुसार ३ वटा धातुलाई मात्र पवित्र धातुका रुपमा स्वीकार गरेको पाइन्छ ।

सुन, चाँदी र तामालाई धार्मिक कामकाज तथा दानमा समेत उपयोगी मानिन्छ । र विशेषत: यी ३ धातुका गहना बनाएर मानिसले धारणसमेत गर्दछन् । तामालाई विशेषत: औँठीका रुपमा धारण गर्नेहरुको संख्या निकै छ । तामाको औँठी लगाउँदा के छ त फाइदा ?

१. तामाको औँठी धारण गरेमा कुण्डलीमा रहेको सूर्य दोषलाई समेत कम गर्छ ।

२. तामाको धारण गरेमा सूर्य र मंगलबाट हुने अशुभ असरलाई समेत कम गर्छ ।

३. तामाको औँठी धारण गर्ने ब्यक्तिमा सूर्य समानको बल हुने विश्वास गरिन्छ ।

४. तामाको औँठी धारण गर्दा घरपरिवारमा सूर्यदेवको कृपा रहने र समाजमा मानसम्मान पाइन्छ ।

५. तामाको औँठी धारण गर्दा रगत सफा गर्ने साथै यसमा औषधीय गुण हुने विश्वास गरिन्छ ।

६. तामाको भाडोमा राखिएको पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

७. तामाको औँठी धारण गर्दा पेटसम्बन्धी रोग समेत निदान हुन्छ ।

८. तामा औँठी औँलामा लगाउँदा छालामा चमकपन आउने र मुलायम हुन्छ ।

९. तामाका भाडाकँुडा प्रयोग गर्नेहरुमा रोगप्रतिरोधक शक्ति वृद्धि हुन्छ ।

१०. तामाको औँठी प्रयोग गर्दा ग्रहहरु खुशी हुने र मानिसमा समस्या नपर्ने विश्वास छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।