तामाको औँठी धारण गरे यस्तो फाइदा « Khabarhub

तामाको औँठी धारण गरे यस्तो फाइदा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सन् २००६ भन्दा अगाडि सौर्यमण्डलमा ९ ग्रह रहेको तथ्यांक थियो । पछि ग्रहहरुको संख्या घटाइयो र ८ वटा बनाइयो ।

धार्मिकशास्त्रअनुसार पनि ९ ग्रह रहेको बताइन्छ । हरेक ग्रहको आफ्नै धातु हुन्छ । ग्रहको राजा सूर्य हो र सूर्यको धातु तामा हो । धर्मशास्त्रअनुसार ३ वटा धातुलाई मात्र पवित्र धातुका रुपमा स्वीकार गरेको पाइन्छ ।

सुन, चाँदी र तामालाई धार्मिक कामकाज तथा दानमा समेत उपयोगी मानिन्छ । र विशेषत: यी ३ धातुका गहना बनाएर मानिसले धारणसमेत गर्दछन् । तामालाई विशेषत: औँठीका रुपमा धारण गर्नेहरुको संख्या निकै छ । तामाको औँठी लगाउँदा के छ त फाइदा ?

१. तामाको औँठी धारण गरेमा कुण्डलीमा रहेको सूर्य दोषलाई समेत कम गर्छ ।

२. तामाको धारण गरेमा सूर्य र मंगलबाट हुने अशुभ असरलाई समेत कम गर्छ ।

३. तामाको औँठी धारण गर्ने ब्यक्तिमा सूर्य समानको बल हुने विश्वास गरिन्छ ।

४. तामाको औँठी धारण गर्दा घरपरिवारमा सूर्यदेवको कृपा रहने र समाजमा मानसम्मान पाइन्छ ।

५. तामाको औँठी धारण गर्दा रगत सफा गर्ने साथै यसमा औषधीय गुण हुने विश्वास गरिन्छ ।

६. तामाको भाडोमा राखिएको पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

७. तामाको औँठी धारण गर्दा पेटसम्बन्धी रोग समेत निदान हुन्छ ।

८. तामा औँठी औँलामा लगाउँदा छालामा चमकपन आउने र मुलायम हुन्छ ।

९. तामाका भाडाकँुडा प्रयोग गर्नेहरुमा रोगप्रतिरोधक शक्ति वृद्धि हुन्छ ।

१०. तामाको औँठी प्रयोग गर्दा ग्रहहरु खुशी हुने र मानिसमा समस्या नपर्ने विश्वास छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू