आइपीएस तालिममा नेपाल प्रहरी उत्कृष्ट « Khabarhub

आइपीएस तालिममा नेपाल प्रहरी उत्कृष्ट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् ।

उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भइन् । त्यसैगरी प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पीटी’ पुरस्कारद्वारा पुरस्कृत भए ।

भारतका संघीय गृहमन्त्री अमित साहको प्रमुख आतिथ्यतामा आयोजित दिक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधाहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको हो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : १६ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै