बर्दिबास साक्षर नगर घोषणा « Khabarhub

बर्दिबास साक्षर नगर घोषणा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गरेका हुन् ।

विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका सम्बद्ध स्थानीय तहका कम्तीमा ९५ प्रतिशत बासिन्दा साक्षर भएपछि साक्षर भएकाले बर्दिबास साक्षर नगरको सूचीमा परेको हो । बर्दिबासले साक्षरताका १२ सूचक पूरा गरेको छ ।

नगर कार्यपालिकाको शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार नगरको कुल ७५ हजार जनसङ्ख्यामध्ये २५ हजार विद्यार्थी नगरक्षेत्रभित्रका ८० विद्यालयमा औपचारिक शिक्षामा आबद्ध छन् भने १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख निर्मल घिमिरेले पछिल्लो समय जिल्लाका स्थानीय तहले साक्षरता कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएका जानकारी दिँदै आर्थिक वर्ष २०८३–०८४ मा जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित अभियान जारी छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । यसअघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भएका हुन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ५७ बजे

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा