पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिना अगावै सम्पन्न हुन्छ– मन्त्री भट्टराई « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिना अगावै सम्पन्न हुन्छ– मन्त्री भट्टराई


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार निरीक्षणका क्रममा उनले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताए ।

विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उनले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटक प्रवद्र्धनसँगै उनीहरुको बसाई लम्ब्याउनेतर्फ  प्रदेश र स्थानीय सरकारको ध्यान जानु पर्ने आवश्यकता औंल्याए ।

विकास निर्माणमा अन्तर सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले कुनै पनि आयोजना स्थानीय जनताको जीविकोपार्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याए ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।

प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका उनले मुलुकमा सङ्घीयता कार्यान्वयन भए पनि विकास निर्माणका काममा समन्वयको पाटो अहिले पनि सशक्त बन्न नसकेको जानकारी गराए ।

पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले विकासस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण निर्माणकार्य तदारूकताका साथ भइरहेको कारण तोकिएको समयभन्दा छ महीना अगाडि नै सम्पन्न हुने जानकारी दिए ।

बुधबारको मितिसम्म निर्माणका लागि लगभग रु सात अर्ब चिनियाँ कम्पनीलाई भुक्तानी गरिएको बताउँदै उनले नेपाल सरकारको तर्पmबाट पनि रु तीन अर्बको अन्य काम भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा विमानस्थल निर्माणसँगै यस क्षेत्र मात्र नभई मुलुककै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यलगायत स्थानीय तहका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, निर्माण कम्पनी प्रतिनिधिहको सहभागिता रहेको थियो ।

कूल रु २१ अर्बको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिएमसीले पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : १५ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका