पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिना अगावै सम्पन्न हुन्छ– मन्त्री भट्टराई « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिना अगावै सम्पन्न हुन्छ– मन्त्री भट्टराई


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार निरीक्षणका क्रममा उनले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताए ।

विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उनले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटक प्रवद्र्धनसँगै उनीहरुको बसाई लम्ब्याउनेतर्फ  प्रदेश र स्थानीय सरकारको ध्यान जानु पर्ने आवश्यकता औंल्याए ।

विकास निर्माणमा अन्तर सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले कुनै पनि आयोजना स्थानीय जनताको जीविकोपार्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याए ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।

प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका उनले मुलुकमा सङ्घीयता कार्यान्वयन भए पनि विकास निर्माणका काममा समन्वयको पाटो अहिले पनि सशक्त बन्न नसकेको जानकारी गराए ।

पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले विकासस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण निर्माणकार्य तदारूकताका साथ भइरहेको कारण तोकिएको समयभन्दा छ महीना अगाडि नै सम्पन्न हुने जानकारी दिए ।

बुधबारको मितिसम्म निर्माणका लागि लगभग रु सात अर्ब चिनियाँ कम्पनीलाई भुक्तानी गरिएको बताउँदै उनले नेपाल सरकारको तर्पmबाट पनि रु तीन अर्बको अन्य काम भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा विमानस्थल निर्माणसँगै यस क्षेत्र मात्र नभई मुलुककै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यलगायत स्थानीय तहका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, निर्माण कम्पनी प्रतिनिधिहको सहभागिता रहेको थियो ।

कूल रु २१ अर्बको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिएमसीले पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : १५ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति