अन्तरिक्षमा भएको पहिलो अपराध « Khabarhub

अन्तरिक्षमा भएको पहिलो अपराध


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पृथ्वीमा कुनै अपराध भएको खण्डमा हरेक मुलुकको प्रावधान अनुसार कानूनी प्रक्रिया अघि बढाइन्छ । विभिन्न आपराधिक घटनालाई सम्बोधन गर्न र त्यसबारे कानूनी प्रक्रियाका लागि हरेक मुलुकमा कानून र अरु व्यवस्था गरिएका हुन्छन्, तर कसैले अन्तरिक्षमा अपराध गर्‍यो भने ?

यस्तो अवस्थामा कुन कानून अनुसार कारवाही हुने भन्ने अझै स्पष्ट छैन । त्यस्तै, हालसम्म अन्तरिक्षमा त्यस्तो कुनै अपराध भएको पनि सुनिएको छैन ।

तर, पछिल्लो पटक भने अचम्मको समाचार आएको छ – समाचार हो, अन्तरिक्षमा भएको पहिलो सम्भावित अपराधको । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भएको पहिलो सम्भावित अपराधको घटना सार्वजनिक भएको छ । अमेरिकी अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट आफ्नी पूर्व पत्नीको बैंकको जानकारी लिन खोजेको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा घटेको पहिलो सम्भावित अपराधको घटना बाहिर आएको हो ।

समाचारमा जनाइएअनुसार अमेरिकी अन्तरिक्ष यात्री एनी म्याक्लेनले आफ्नी पूर्वपत्नी समर वार्डेनको बैंक खाताबारे अवैध तरिकाले जानकारी लिन खोजेकी थिइन् । समर र एनी समलिङ्गी हुन् । उनीहरुले सन् २०१४ मा विवाह गरी सन् २०१८ मा पारपाचुके गरेका थिए । अन्तरिक्षयात्री एनीले बैंक खाताको जानकारी लिने प्रयास गरेकाबेला उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमै रहेपनि समर भने पृथ्वी मै थिइन् ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार एमीले समरको बैंक खाताको जानकारी लिन खोजेको कुरा स्वीकार गरेपनि आफूले केही गल्ती नगरेको दावी गर्दै आएकी छन् । यदि उनले अपराध गरेको ठहर भएको खण्डमा यो नै अन्तरिक्षमा भएको पहिलो अपराधको घटना हुनेछ ।

एमीले आफ्नो बैंकको जानकारी लिन खोजेपछि समरले अमेरिकी व्यापार निकायमा उजुरी दिएकी थिइन् । एमी ६ महिने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको बसाई सकेर पृथ्वी फर्केपछि यो विषय सतहमा आएको हो । नासाले भने यस विषयमा दुबै जनासँग सम्पर्क गरिएको र यो मुद्दामा सहयोग गरिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अपराध भएको खण्डमा कस्तो कानूनी कारवाही अघि बढाउने भन्ने विषयमा अझै स्पष्ट नभएपनि अन्तरिक्षयात्रीको मुलुकको प्रचलित कानून अनुसार कारवाही हुने बताइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ०६ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै