नेपालीको सुरक्षा गर्न ९१ नाकामा नागरिक सहायता कक्ष सञ्चालन « Khabarhub

नेपालीको सुरक्षा गर्न ९१ नाकामा नागरिक सहायता कक्ष सञ्चालन


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमाका ९१ नाकामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

भारतमा वर्षभरि दुःख गरी कमाएको नगद तथा सरसामान दशैँ मनाउन घर आउँदा चोरी हुने, लुटिने र ठगी हुने जस्ता समस्या नियन्त्रण गर्न भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) सँगको सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले भारतसँग सीमा जोडिएका प्रदेश १ को २० स्थान, प्रदेश २ को ४७ स्थान, प्रदेश ३ को एक स्थान, प्रदेश ४ को एक स्थान, प्रदेश ५ को १६ स्थान र सुदूरपश्चिम प्रदेशको छ स्थानमा सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।

यस किसिमको सुरक्षा व्यवस्थाले दशैँ–तिहार मनाउन घर फर्किंदै गरेका सर्वसाधारणको शान्तिसुरक्षामात्र नभई सीमा नजिक तथा सीमाभन्दा अलि टाढाको सहरबस्तीमा हुने ठगी, लुटपाट र चोरी नियन्त्रण हुने दाबी उनको छ ।

‘यस किसिमको सुरक्षा व्यवस्था शुरु गरेको केही वर्षयता सीमा तथा नाकामा नेपाली लुटिएको र ठगिएको घटना दोहोरिएको छैन’, उनले भने, ‘देशभित्रै लुटिए–ठगिएमा नेपाल प्रहरीसँग र भारतमा भएमा एसएसबीसँग सहकार्य गरी अभियुक्तलाई कानुनी कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइँदै आएको छ ।’

त्यसैगरी मुख्य तथा सहायक राजमार्गमा हुने सवारी लुटपाट, डकैती र दुर्घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सडक सुरक्षा गस्ती शुरु गरेको छ । पूर्वपश्चिम राजमार्गका अतिरिक्त तराई पहाड जोड्ने राजमार्गमा विभिन्न जिल्लाबाट सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

सशस्त्र प्रहरी चाडबाडमा राजमार्ग सुरक्षामा परिचालन भएसँगै यात्रु तथा सवारी साधन लुटिने र डकैती नियन्त्रणमा आएको उनको भनाई छ । उनका अनुसार राजमार्गमा राति तथा दिउँसो पैदल तथा सवारी गस्ती नियमित गरिएको छ ।

राजमार्गमा हुने सवारी दुर्घटना नियन्त्रण तथा दुर्घटनामा परेकाको उद्धार र उपचारका लागि आठ स्थानमा एम्बुलेन्स उपचार सेवाको व्यवस्था गरिएको छ ।

पूर्वपश्चिम राजमार्गको इटहरी, महोत्तरी, पथलैया, चितवन, चन्द्रौटा, कोहलपर, अत्तरिया र कुरिनटारमा एक–एक मोबाइल अस्पतालसहितको एम्बुलेन्सको व्यवस्था गरिएको छ । एम्बुलेन्समा एउटा स्टाफ नर्स, चारजना घाइतेलाई सुताएर उपचार गर्न सकिने र आठ जनालाई बसाएर उपचार गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ७ : ४२ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२