आज नेपाल र सिंगापुर भिड्दै « Khabarhub

आज नेपाल र सिंगापुर भिड्दै


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शनिबार) नेपाल र सिंगापुर भिड्दैछन् ।

सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे शुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ ।

यस्तै नेपाल घरेलु टिमसँग दुई महिनाअघि सिंगापुरमै भएको आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

यता, सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । यस्तै सिंगापुर नेपालमाथि पुनः जित निकाल्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।

सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : २० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको