नयाँ नोट एक जनाले कति साट्न पाउँछन् ? « Khabarhub

नयाँ नोट एक जनाले कति साट्न पाउँछन् ?


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा शुक्रबारदेखि आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।

अहिले काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएको जानकारी गराउँदै उनले नयाँ नोट वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार दिउँसो काउन्टर बन्द गर्नेबेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको बताए । उनले उपत्यकाभित्र राष्ट्र बैंक र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार राष्ट्र बैंकमा विगतका वर्षहरूमा जस्तो सर्वसाधारणको बाक्लो लाइन थिएन । लाइनमा बसेका सर्वसाधारणले करिब २० मिनेटभित्र सजिलै नयाँ नोट पाएका थिए ।

यस्तो नयाँ नोट सटही गरिएको हो । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिने जनाएको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ५२ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित