दुईतिहाइको सरकार ‘उखाने’ मात्रै- नेता सिंह « Khabarhub

दुईतिहाइको सरकार ‘उखाने’ मात्रै- नेता सिंह


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिएका छन् । सरकारले चाडका बेलाको जोखिमपूर्ण यात्रा र अतासलाग्दो नागढुंगाको जाम पनि खुलाउन नसकेको भन्दै आलोचना गरे ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए ।

उनले ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकार ले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भयको बताए ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’ उनले भने, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’

नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा पर्ने मा चाडपर्व को समय मा चर्को मुल्यबृदिको मार खेप्नु परेको तर्फ जिम्मेवार बन्न सरकार लाई आग्रह समेत गरे ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए ।

‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’ उनले भने, ‘हरेक ठाउँमा असफल भएको छ ।’

वर्तमान सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु काम को प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ११ बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि