समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला « Khabarhub

समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ‘समृद्ध ताराखोला’को लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ ।

गाउँपालिकाले विज्ञ, परामर्शदातालगायतको सहयोगमा आवधिक योजनालाई अन्तिम रुप दिएको हो । पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

योजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलनका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले आवधिक योजनाको मस्यौदा बनाएका थिए ।

“पञ्चवर्षीय योजना अब कार्यान्वयनमा जान्छ”, अध्यक्ष घर्तीले भने, “यो ताराखोलाको सपना र भविष्यसँग जोडिएको छ ।”

पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ । साना उद्योगको प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गरिने उल्लेख छ । परम्परागत र सीपमूलक व्यवसायलाई उद्यमका रुपमा विकास गर्ने योजना छ । बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गरिने भएको छ ।

“खाली रहेका खेतीयोग्य जमीन निश्चित समयका लागि गाउँपालिकाले लिने र व्यावसायिक किसानलाई दिने योजना छ”, अध्यक्ष घर्तीले भने, “छुट्टै कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौँ ।”

एकीकृत नमूना कृषि ‘फार्म’का लागि सङ्घीय सरकारबाट चालू आवमा रु दुई करोड बजेट छुट्टिएको र उक्त योजना सञ्चालनका लागि गुरुयोजना निर्माणको काम अघि बढेको जनाइएको छ । न्यून आय भएका किसानको आयआर्जन सुधारमा पनि गाउँपालिकाले सघाउने नीति लिएको छ ।

पाँच वर्षभित्र गाउँ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे, गाउँपालिकाभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्रे गर्ने योजना छ । गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई विशेष जोड दिइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ११ : २० बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले