गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण « Khabarhub

गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ ।

सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।

सो हेलिकोप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाका अनुसार मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ ।

मध्यान्हसम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खाना खान मन्थली बजार तर्फ लागेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १ : ३२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम