‘फूलिदेऊ’ गीतबाट फर्किए गायक जेनिस लामा « Khabarhub

‘फूलिदेऊ’ गीतबाट फर्किए गायक जेनिस लामा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘यो कस्तो यात्रा रहेछ, मैले भुल्नै सकिनँ’ पूर्वी नेपालमा एकदमै रुचाइएको गीत हो यो । सायद अरुतिर गुड्ने बस र बज्ने रेडियो/एफएममा पनि खुब गुन्जिएको हुनुपर्छ ।

वर्षौंअघि रिलिज भएको यो गीतको ‘म्यूजिक भिडियो’ त बनेको छैन तर यसको अडियोमात्रै पनि श्रोतामाझ लोकप्रिय छ। युट्युबमामात्रै यसको अडियोलाई १ लाख ३५ हजारभन्दा बढीपल्ट हेरिएको छ ।

कुनैबेला पूर्वमा निकै परिचित ‘द लिजार्ड ब्यान्ड’ले निकालेको लोकप्रिय प्रेम गीत हो यो। यो गाउने गायक हुन् जेनिस लामा। जेनिस अर्थात् झापामा निकै रुचाइएको स्वर ।

यद्यपि, मूलधारको संगीतमा परिचित हुनलाई स्वरमात्रै भएर कहाँ पुुग्छ र ? जेनिस र यो ब्यान्डको प्रतिभा पनि राजधानी छिर्न नपाउँदै मोफसलमै खुम्चियो। कारण, उही कमजोर आर्थिक स्थिति त हो ।

यही कारण जेनिस र उनको ब्यान्ड पनि संगीतको दुनियाँबाट लामो समय टाढियो । तर, अहिले फेरि उनी श्रोता/दर्शकमाझ फर्किएका छन्, नयाँ गीत ‘फूलिदेऊ तिमी फूलसरी’को म्यूजिक भिडियोसहित ।

‘फूलिदेऊ तिमी फूलसरी
मुस्कुराएर सधैँभरी
नरिसाऊ तिमी यसरी
संसार नै कालो हुने गरी…’

गीतमा जेनिसकै शब्द र संगीत छ। म्यूजिक एरेन्ज आकाश गोर्खालीले गरेका छन्। कमल एक्चै मगरले सम्पादन एवम् निर्देशन गरेको गीतको भिडियोमा मोडलद्वय सुजना ढकाल र सिद्धान्त शर्मा फिचर्ड छन्।

यो ब्यान्डमा सुरेन तामाङ बास गितारिस्ट, विक्रम लिम्बु ड्रमर, रकेट राई लिड गितारिस्ट र बिजु मुखिया ब्यान्ड म्यानेजर छन्।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  २ : ५० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको