भन्सार छलेर ल्याइएको ४० बोरा तयारी कपडा बरामद « Khabarhub

भन्सार छलेर ल्याइएको ४० बोरा तयारी कपडा बरामद


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठबाट शनिबार प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान करिब १० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीमा बा५ ख ६९३९ नं को बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

“भन्सार छलेर ल्याइएको लाखौंको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक गिरीले भने ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : १३ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम