‘सिंहदरबारको अधिकारको सट्टा गाउँगाउँमा भ्रष्टाचार मात्र पुग्यो’ « Khabarhub

‘सिंहदरबारको अधिकारको सट्टा गाउँगाउँमा भ्रष्टाचार मात्र पुग्यो’


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ ।

विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे ।

उनले भने, “सिँहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्‍याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएका छन् ।”

व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई निकै अप्ठ्यारोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुद्राको सञ्चित पनि ओरालो लाग्नु हाम्रा लागि चिन्ताको विषय हो भने ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै