‘सिंहदरबारको अधिकारको सट्टा गाउँगाउँमा भ्रष्टाचार मात्र पुग्यो’ « Khabarhub

‘सिंहदरबारको अधिकारको सट्टा गाउँगाउँमा भ्रष्टाचार मात्र पुग्यो’


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ ।

विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे ।

उनले भने, “सिँहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्‍याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएका छन् ।”

व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई निकै अप्ठ्यारोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुद्राको सञ्चित पनि ओरालो लाग्नु हाम्रा लागि चिन्ताको विषय हो भने ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : ५३ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा