अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था « Khabarhub

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । मतदानमा सुरक्षाका लागि हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

मतदानलाई प्रभाावित पार्न तालिबानले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए ।

अफगान तालिबानकै कारण दुई पटक सारिएको उक्त निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाबीच जारी रहेको छ । केही समयअघिको अमेरिका र तालिबान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ ।

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुने भएको छ । उनीहरु सन् २०१४ देखि सत्तामा रहँदै आएका छन् ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो । तालिबानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो ।

यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिबानहरुलाई शान्तिवार्तामा ल्याइ देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ ।

त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन ।

तालिबान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : २९ बजे

साताव्यापी खोज अभियान : खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल)

कांग्रेसले बनायो छाया सरकार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनको प्रस्ताव

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू