दशैंमा गाउँ जाँदा सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन « Khabarhub

दशैंमा गाउँ जाँदा सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले २०७६ साललाई पार्टीको सङ्गठन निर्माण वर्ष घोषणा गरिएकाले चाडपर्वको अवसरमा गाउँ पुगेका बेला सङ्गठन विस्तारमा क्रियाशील हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा पनि अध्यक्ष थापाले शुभकामना व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बडादशैं तथा दिपावलीको अवसरमा दुर्गा भवानीले देश विकास र समृद्धिको मार्गमा लाग्न सबैलाई सद्बुद्धि प्रदान गरुन भनी कामना समेत गरे ।

टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, विभिन्न भातृ सङ्गठनका पदाधिकारी तथा सदस्यलगायत टुकोनसँग आबद्ध व्यक्तित्वले शुभकामना आदान प्रदान गरे ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : २६ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव