दशैंमा गाउँ जाँदा सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन « Khabarhub

दशैंमा गाउँ जाँदा सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले २०७६ साललाई पार्टीको सङ्गठन निर्माण वर्ष घोषणा गरिएकाले चाडपर्वको अवसरमा गाउँ पुगेका बेला सङ्गठन विस्तारमा क्रियाशील हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा पनि अध्यक्ष थापाले शुभकामना व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बडादशैं तथा दिपावलीको अवसरमा दुर्गा भवानीले देश विकास र समृद्धिको मार्गमा लाग्न सबैलाई सद्बुद्धि प्रदान गरुन भनी कामना समेत गरे ।

टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, विभिन्न भातृ सङ्गठनका पदाधिकारी तथा सदस्यलगायत टुकोनसँग आबद्ध व्यक्तित्वले शुभकामना आदान प्रदान गरे ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई