‘जीवन बाँच्न संस्कृत भाषाले सिकाउँछ’ « Khabarhub

‘जीवन बाँच्न संस्कृत भाषाले सिकाउँछ’


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट दीक्षित भएका छन् ।

गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे ।

प्रतिष्ठानले संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान प्रदान गरिरहेको छ ।

सो अवसरमा प्रशिक्षक प्रा डा लक्ष्मणप्रसाद गौतमले पश्चिममा इतिहास, ज्ञान आदिको अन्त्य भनिए पनि हामीकहाँ नेती नेती अर्थात् कहिल्यै अन्त्य नभएको बताए ।

प्रशिक्षक डा नारायणप्रसाद गड्तौलाले यस भूमिमा देवताहरु पनि जन्मन लालायित हुने बताउँदै पूर्वीय दर्शनको अनुसन्धानमा लाग्न आग्रह गरे । कार्यक्रम संयोजक डा विवेक घिमिरेले जिउनु र बाँच्नुमा फरकपन भेटिएको बताउँदै जीवन बाँच्न संस्कृत भाषा र वाङ्मयले सिकाउने विचार राखे ।

हरेक शनिबार दिइने सो प्रशिक्षणमा चिकित्सक, प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदिको सहभागिता छ ।

हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुनर्जागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक डा घिमिरेले बताए । अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना