अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको हो ।

उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ ।

लुजियाना युनिभर्सिटीका नेपाली विद्यार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट ‘गो फन्ड’ खोलेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : १५ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा