दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता « Khabarhub

दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीबाट आज (बिहीबार) प्रकाशित सबै दैनिक पत्रिकाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटनामा परी ज्यान गुमाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित सातै जनाको विवरणसहितका समाचार मुख्य रुपमा छापेका छन् । नयाँ पत्रिकाले दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता शीर्षकमा लेखेको समाचारमा आशालाग्दा युवा नेता अस्ताएको खबर छापेको छ ।

त्यस्तै भारत पाकिस्तान तनाव उच्च शीर्षकको अर्को समाचारमा नेपालमा पनि यसको प्रभाव पर्न सक्ने, नेपालले शान्ति र सद्भावका लागि सुझाव दिएको, युद्ध चर्किए नेपालमा आयात र निर्यातमा समस्या आउन सक्ने, गोर्खा राइफल्स पनि युद्धमा परिचालित हुनेलगायतका विषय समेटेको छ ।

त्यस्तै निजी अस्पतालले मनपरी शुल्क असुल्दै गरेको, कमिसन बढाउन ग्यास उद्योगीले हड्ताल गरेको, प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्ष भएको खबर छापिएको छ ।

लगानी सम्मेलनअघि शीर्षकमा लेखिएको सम्पादकीयमा लगानीकर्ता आउनुअघि नै लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्छ, लगानी सुरक्षाको निश्चितता र मुनाफाको दरमा ढुक्क हुने अवस्था निर्माण गर्न सक्नुपर्छ उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ