नाट्य महोत्सवमा ४ नाटक मञ्चन: शिल्पीमा ‘चम्पावती’ मञ्चन हुँदा थिएटर मलमा ‘टु बी’ « Khabarhub

नाट्य महोत्सवमा ४ नाटक मञ्चन: शिल्पीमा ‘चम्पावती’ मञ्चन हुँदा थिएटर मलमा ‘टु बी’


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को तेस्रो दिन एक सय सर्प नचाउने समुदायको कथा समेटिएको नाटक ‘चम्पावती’ मञ्चन भयो । भारतको निकै पुरानो र चर्चित नाट्य समूह रितविक थिएटरले यो नाटक शिल्पी थिएटरमा मञ्चन ग–यो ।

पुरुषको भद्दा इच्छाको अगाडि पिल्सिएकी एक युवतीको कथालाई कथानक बनाइएको यो नाटकमा पुरुषले महिलाप्रति देखाउने भोगलिप्साको परकाष्ठालाई छर्लङ्ग पारेको छ । चम्पावती आफ्नो समुदायबाट बाहिरिनु परेपनि उनी आफ्ना श्रीमानको जीवन बचाउन जिन्दगी दाउमा राख्ने कथा नाटकमा छ ।

आर्थिक रुपमा उच्च वर्गकी अर्की महिला पनि उही पुरुषको दासत्वमा कसरी बाँच्छिन् भन्ने कुरालाई पनि नाटकमा देखाइएको छ । तर, ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरमा हुर्किएको संरचनागत पुषत्वको विरुद्ध नाटक अगाडि बढ्छ ।

यो नाटकलाई दुई महिलाको साहस र सङ्घर्षको कथाका रुपमा हेर्न सकिन्छ ।

नाटकमा मञ्चसज्जालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रत्यक्ष संगीतमा मञ्चन हुने यो नाटकमा कलाकारको अभिनय र निर्देशकको कौशलको पनि तारिफ गरियो ।

विप्लब देइको निर्देशन रहेको यो नाटकका नाटककार सैयद शमसुल हुन् । १ः३० मिनेट समयअवधिको यो नाटकलाई नेपाली दर्शकहरुले रुचिका साथ हेरे ।

नाटक ‘माइ फादर इज अ मर्डरर’ को एक दृश्य/तस्वीर – नविनबाबु गुरुङ

थिएटर मलमा ‘टु बी’

काठमाडौं – ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५’ को तेस्रो दिन बुधबार कीर्तिपुरस्थित किर्तिपुर रङ्गमञ्च, थिएटर मलमा डेनमार्कको नाटक ‘टु बि’ पहिलो नाटकका रूपमा प्रस्तुत गरिएको छ ।

ज्याक्युज सेफेरियन क्याथेसिनले निर्देशन गरेको यो नाटक प्रस्तुतिको हिसाबले निकै नै रोचक रह्यो । नाटकमा निर्देशकले बालबालिकालाई वरिपरि राखेर एउटा टेबलमाथि नाटक मञ्चन गर्छन् ।

उनी साठी जनालाई मात्र नाटकमा दर्शक राख्ने गरेपनि महोत्सव भएकाले धेरै दर्शकको उपस्थिति थियो । सोही कारण साठी जनाको घेराभन्दा बाहिर बसेर पनि दर्शकले उनको नाटक हेरेका थिए ।

साठी दर्शकलाई नजिक राखेर नाटक देखाउनुको कारण उनका पात्रहरू असाध्यै साना हुने भएकाले हो । सुन्दामात्रै चाहिँ यो अचम्म लाग्छ कि उनका मुख्य पात्रहरू ब्रस हुन्छन् । दाँत सफा गर्ने ब्रस, पेन्टिङ गर्ने स–साना बल तथा स–साना खेलौनालाई उनले मुख्य पात्रहरु बनाउँछन् ।

स–साना पात्रमा उनले ठूला कथाहरु भन्छन् । उनले नाटकमार्फत मानिसका आधारभूत जीवनका कथाहरु सुनाउँछन् ।

उनले नाटकमा बेलुनका माध्यमबाट जीवन र जगतको चित्रण गर्छन् । ती स–साना बेलुनहरु बालबालिकाका रोजाइ पनि हुन् ।

यस्तै काठमाडौंमा महोत्सव पारेर कौशी थिएटरमा नाटक ‘माइ फादर इज अ मर्डरर’ र मण्डला थिएटरमा नाटक ‘द जब’ मञ्चन गरिएको थियो ।

नाट्य महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ११ : ५१ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य