‘टोटनह्यामको प्रिमियर लिग उपाधि यात्रा असम्भव’ « Khabarhub

‘टोटनह्यामको प्रिमियर लिग उपाधि यात्रा असम्भव’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो सिजनका लागि टोटनह्यामको इग्लीस प्रिमियर लिग ट्रफी उचाल्नु असम्भव रहेको बताएका छन् ।

लिगमा १० खेलबाँकी रहँदै शीर्षस्थानको लिभरपुल भन्दा ९ अंकले लिभरपुल पछि रहेको छ । टोटनह्याम बुधबार रातिको खेलमा चेल्सीसँग २—० ले र यसअघि बर्नलीसँग २-१ को हार बेहोरेको टोटनह्यामका लागि अबको प्रिमियर लिग उपाधि यात्रा कठिन भएको प्रशिक्षकले स्वीकारेका छन् ।

‘हामीले धेरै खेलमा गल्ती गर्यो । त्यसैले अब हामी निरास भइसकेका छौं । चेल्सीले एक सर्ट अन टार्गेटमा एक गोल गर्यो तर, हामीले गोल गर्न सकेनौं । यो त्यसैले पनि जित्न असहज भइसकेको छ,’ प्रशिक्षकले खेलपछि बताएको बीबीसीले जनाएको छ ।

‘यो प्रतिस्पर्धाले हामीलाई हाम्रो स्थान देखाइसकिएको छ । यो १० महिनाको अभ्यास पछिको नतिजा हो । २—३ महिनाको होइन । त्यसैले हामी निरास भएका हौं,’ प्रशिक्षक पोचेटिन्होले अगाडि भने, ‘मैले बर्नलीसँगको हार पछि हाम्रो प्रिपमियर लिगको यात्रा कठिन भएको बताइसकेको थिए र आज म असम्भव भएको बताउँछु । अब म्यानचेस्टर सिटी र लिभरपुल उपाधिका लागि लड्नेछन् । हामी मात्रै जितका लागि फेयर खेल्छौं ।’

प्रिमियर लिग शीर्ष स्थानमा रहेको लिभरपुलको ६९ अंकरहेको छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६८ अंक रहँदा तेस्रो स्थानको टोटनह्यामको ६० अंकरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : २५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’