अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति टुँडिखेल जाने « Khabarhub

अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति टुँडिखेल जाने


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल जाने भएकी छन् ।

अधिकारीको शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने तयारी गरिएको छ । राष्ट्रपति विद्या भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि श्रद्धाञ्जलीका लागि जाने भएकाले टुँडिखेलको मै श्रद्धाञ्जली सभा गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले खबरहवलाई जानकारी दिए ।

अहिले अधिकारीसहित सातै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । पोस्टमार्टमपछि सबै शव टुँडिखेल लगिनेछ । त्यसपछि शवलाई परिवारको जिम्मा लगाइने र अधिकारीको शव कास्की लैजाने तयारी गरिएको श्रेष्ठले बताए।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : ४२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५