उत्तर कोरियाली अडानले वार्ता निष्कर्षविहीन: ट्रम्प « Khabarhub

उत्तर कोरियाली अडानले वार्ता निष्कर्षविहीन: ट्रम्प


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफ्नो मुलुक विरुद्धको कठोर नाकाबन्दी फुकुवा गर्नुपर्ने उत्तर कोरियाली मागका कारण दोश्रो शिखर वार्ता निष्कर्षविहीन भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भएको दोश्रो शिखर वार्तापछि पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली पक्षबाट नाकाबन्दी पूर्णरुपमा तत्काल फुकुवा गर्न माग गरेपछि शिखर वार्ता निष्कर्षविहीन भएको जनाएका हुन् ।

‘उनीहरु आफ्नो मुलुकविरुद्धको सम्पूर्ण नाकाबन्दी फुकुवा होस् भन्ने चाहन्छन् ।’ पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी त्यसो गर्न सक्दैनौँ, त्यसैले हामीले वार्ताबाट त्यसै हिड्नु पर्यो ।’

अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध कठोर नाकाबन्दी लगाउँदै आएका छन् ।

नाकाबन्दीले उत्तर कोरियाको आर्थिक अवस्था तहस नहस भएको बताइन्छ । उत्तर कोरियाले यसअघि गत वर्षको जुनमा सिङ्गापुरमा भएको पहिलो शिखर वार्ता क्रममा पनि उत्तर कोरियाले आफ्नो मुलुकविरुद्धको नाकाबन्दी फुकुवा गर्न माग गरेको बताइन्छ ।

यता अमेरिका भने उत्तर कोरियाले आफ्नो आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रम बन्द गरेको विश्वास नदिलाएसम्म नाकाबन्दी फुकुवा गर्न नसकिने अडानमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

हनोई शिखर वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता दुबैले यो वार्ताबाट ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरेका थिए । तर, शिखर वार्ता निष्कर्षविहीन भएपछि आणविक निशस्त्रीकरणका लागि कुटनीतिक प्रयास असफल हुँदै गएको समेत टिप्पणी शुरु भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी