गुल्मीबाट पनि पक्राउ परे १७ जना जुवाडे « Khabarhub

गुल्मीबाट पनि पक्राउ परे १७ जना जुवाडे


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जुवा खेल्दै गरेको अवस्थामा गुल्मी प्रहरीले गए राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको साथबाट २ लाख ८२ हजार बरामद गरिएको प्रहही नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले जानकारी दिए ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् ।

उनीहरुविरुद्ध मुलुकी अपराध स‌ंहिता (ऐन) २०६४ को दफा १२५ को कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तिहारको समयमा हुने जुवा तास नियन्त्रणका लागि देशभरी नै अभियान सञ्चालन गरेको जनाएको छ । यसअघि आइतबार बिहान मात्रै काठमाडौंबाट पौने ३ करोड नगदसहित २५ जना जुवाडे पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ३५ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत