प्रसव पीडामा रहेकी महिलाको मेयरको सक्रियतामा उद्धार | Khabarhub Khabarhub

प्रसव पीडामा रहेकी महिलाको मेयरको सक्रियतामा उद्धार


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बाजुराको बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो ।

७ महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी एम्बुलेन्समार्फत अछाममा रहेको बयालपाटा अस्पतालमा पठाइएको छ ।

विकका श्रीमान् नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नहुँदा बयालपाटा अस्पतात पुर्‍याइएपछि हाल महिला र बच्चाको अवस्था सामान्य रहेको आफन्त डबल विकले बताए । बच्चा जन्मिनका लागि ४० हप्ता अर्थात् २८० दिन पुग्नुपर्ने भए पनि २९ हप्ता तीन दिनको अवधिमा नै महिलालाई सुत्केरी पीडा भएपछि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालमा ‘सिजेरियन सेक्सन’मा चिकित्सक नभएको र शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएकाले बयालपाटा अस्पतालमा ‘रिफर’ गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख चिकित्सक रोहित गिरीले जानकारी दिए ।

हप्तामा ३ देखि ४ जना यस्तै प्रकृतिका बिरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिए । विगत केही वर्षयता निकसाइमन इन्स्टिच्युट (एनएसआई) बाट २ जना डाक्टर हुँदा केही सहज भएको थियो । हाल १ जना डाक्टर टीका राईको सरुवा भएको छ भने १ जना तिहार बिदामा हुँदा जिल्लामा शल्यक्रिया गर्न पनि निकै अप्ठेरो भएको छ ।

‘विगतमा सुत्केरी महिलाको शल्यक्रिया गर्दा केही समस्या पनि नआएका हैनन्, काम गर्दागर्दै स्थानीयवासीबाट साथ पाइएन । अहिले त हामीसँग जनशक्ति पनि छैन जोखिम मोल्न सकेनौँ म आफँै गएर बिरामीलाई गाडीमा राखेर राति नै ‘रिफर’ गरेको छु,’ डाक्टर रोहितले भने । जनचेतनाको कमी, स्वास्थ्य र पोषणको अभावले यस्ता घटनाहरु बढिरहेको पाइएको छ ।

प्रसव पीडामा छट्पटाइरहेकी विकलाई सहयोग गरी आमा र बच्चा दुवैको ज्यान बचाउन सकिएकामा नगरप्रमुख बडुवालले खुशी व्यक्त गरे । जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आइरहे पनि अस्पतालको क्षमता विस्तार गरी आवश्यक सेवासुविधा पुर्‍याउन आवश्यक व्यवस्थापनका लागि सम्बद्ध निकायमा आफू लागिपरेको नगरप्रमुख बढुवालको भनाइ छ ।

केही महीनायता सुत्केरी व्यथाकै कारण बाजुरामा २ महिलाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ३५ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को