नेपाल सम्वतलाई विशेष रुपमा मनाइने– सम्पूर्ण तयारी पूरा | Khabarhub Khabarhub

नेपाल सम्वतलाई विशेष रुपमा मनाइने– सम्पूर्ण तयारी पूरा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० मनाउनका लागि यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १२ गते कार्यक्रमलाई विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको वसन्तपुरमा मञ्च व्यवस्थापन गरेको छ । काठमाडौँ उपत्यकाका नेवारी समुदायका विभिन्न गुठी तथा सांस्कृतिक सङ्गठनलाई निमन्त्रणा पठाइएको छ ।

स्थानीय ठैटीमा नाट्येश्वरको पूजा सम्पन्न गरी भोलि बिहान ७ बजे वसन्तपुरमा भेला भई सांस्कृतिक र्‍यालीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा र्‍याली, खेलकूद कार्यक्रम आयोजना गरिएको छ ।

नयाँ वर्षलाई विदेशमा प्रवद्र्धन गर्न गैरआवासीय नेपालीका प्रतिनिधिमार्फत सन्देश प्रवाह गरिएको छ भने सर्वसाधरणलाई हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन समितिले अनुरोध गरेको छ । मङ्गलबार विभिन्न टोलटोलबाट निकालिने सम्बन्धित वेशभूषाका झाँकीसहित सांस्कृतिक पहिचान झल्कने र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समायोजित हुनेछ ।

उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । उनले चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यावहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गर्दै नेपाल संवत्ले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ५३ बजे

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर

अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र