विश्वव्यापी कूटनीतिक शक्तिमा अमेरिकालाई चीनले उछिन्यो « Khabarhub

विश्वव्यापी कूटनीतिक शक्तिमा अमेरिकालाई चीनले उछिन्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई पछि पारेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो ।

विश्वभरी उसको मिसनको संख्या २ सय ७६ पुगेको छ । जबकी अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कुटनीतिक मिसनकासाथ भारत विश्वकै १२ औं स्थानमा छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरी नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ ।

सी चिनफिङको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ले चीनको कुटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ । विश्वभरी चीनको १ सय ६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसन तथा तीन अन्य मिसन छन् ।

अमेरिकाको १ सय ६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन छन् । २०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा थियो ।

यसको १ वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

विश्वभरी गरेर कुटनीतिक मिसनको संख्याको मामिलामा भारत १२ औं स्थानमा छ । भारतको १ सय २३ दूतावास/उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिशन तथा ४ अन्य मिसन छन् ।

पाकिस्तानको कुल १ सय १७ कुटनीतिक मिसन छ र यो सहित यो मुलुक २८ औं स्थानमा छ । २ सय ४३ मिसनका साथ जापान विश्वमै चौथो स्थानमा छ । जापानको १ सय ५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिसन र २१ अन्य मिसन छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना