प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने/नगर्ने निर्णय लिन अझै बाँकी – डाक्टर शाह « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने/नगर्ने निर्णय लिन अझै बाँकी – डाक्टर शाह


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्था सुधारउन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

शुक्रवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थमा अपेक्षकृत सुधार देखिएको जानकारी दिएकी हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेशन गभएको आज तेस्रो दिन पुरा भएको छ,’ शाहले भनिन्,‘उहाँको स्वास्थ अवस्था सुधारोन्मुख रहनुका साथै उहाँको फिजिकल र वायोकेमिकल मापदण्डहरुमा अपेक्षकृत सुधार देखिएको छ ।’

प्रधानमन्त्री ओलीलाई खानेकुरा मुखबाट दिन थालिएको डा शाहले बताइन् ।

‘उहाँलाई ठोस आहारहरु मुखबाट दिन थालिएको छ र उहाँले दिसा पनि गर्नुभएको छ’ शाहले भनिन्,‘ उहाँ हिँड्न पनि थाल्नु भएको छ ।’
‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’

प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् ।

प्रधानमन्त्रीलाई अहिले एपेन्डिसाइटिसको अपरेसन र मिर्गौलाबाहेक अरू समस्या नभएको उनले बताइन् ।

‘मिर्गौला प्रत्यारोपण गर्न यसले केही असर गर्दैन । तर हामीले अहिले नै मिर्गौला प्रत्यारोपण गर्नेरनगर्ने, कहाँ गर्ने, कहिले गर्ने निर्णय गरिसकेका छैनौं,’ डाक्टर शाहले भनिन् ।

प्रधानमन्त्री ओली पेट दुखेपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि शल्लेक्रिया गरिएको थियो । यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ४० बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको