सीको निमन्त्रणामा चीन जान लागेको प्रचण्डको भनाइ | Khabarhub Khabarhub

सीको निमन्त्रणामा चीन जान लागेको प्रचण्डको भनाइ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् ।

नेपाल-चाइना मिडिया फोरमले आज (शुक्रबार) राजधानीमा गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्ने बताए ।

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको प्रचण्डको भनाई छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको भ्रमणमा जाने तयारीमा रहेको भन्दै प्रचण्डले त्रिदेशीय साझेदारीका विषयमा पनि कुराकानी गर्ने बताएका छन् । तर उनको भ्रमण तालिका भने तय भइसकेको छैन् ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मेरो नेतृत्वमा पहिलो टोली छिट्टै चीन जाँदैछौं’, प्रचण्डले भने, ‘त्यो भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको बताए । चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताए ।

‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’ तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए ।

‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ’ उनले अघि भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताए । प्रचण्डले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताए । प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमती जनाएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : १२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम