अयोध्याबाट आएका रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा « Khabarhub

अयोध्याबाट आएका रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छिन् ।

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी हुन् ।

जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेसँगै राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि राष्ट्रपति भण्डारी भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम रहेको छ ।

धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन् ।

मंसिर १५ गते आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ ।

राष्ट्रपतिबाट जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णबले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : २३ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु