नेपालले माल्दिभ्सलाई दियो २ सय १७ रनको लक्ष्य « Khabarhub

नेपालले माल्दिभ्सलाई दियो २ सय १७ रनको लक्ष्य


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकको सहयोगमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी अभ्यास खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन जोड्यो ।

नेपालका लागि ओपनर शरद भेषावकरले ८४ रन जोडे । उनले ४२ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए ।

त्यस्तै प्रदीप ऐरीले ६९ रन जोडेका थिए । उनले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए ।

अमित श्रेष्ठ २५ रनमा अविजित रहे । दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पुयाए ।

आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए ।

शरदले आठौं ओभरमा कप्तान महफूजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए ।

दिलिपलाई सफिकले छैटौं ओभरको पहिलो बलमा एलबी डब्लू आउट गरेका थिए । माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ३७ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता