गाईलाई भीआर उपकरण, खेतबारी र चौरका दृश्य देखाएर दूध उत्पादन बढाउने ! « Khabarhub

गाईलाई भीआर उपकरण, खेतबारी र चौरका दृश्य देखाएर दूध उत्पादन बढाउने !


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ ।

उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ । आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भीआर प्रविधि हाल विशेषगरी कम्प्युटर गेमहरूका लागि प्रख्यात रहेको छ ।

सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत् दर्शकले आफू अर्कै दुनियाँमा रहेको वास्तविक जस्तै अनुभव गर्न सक्ने भएकाले यस्लाई कृत्रिम वास्तविकता भन्ने गरिएको हो ।

गाईहरूलाई भीआर प्रविधिजडित हेडसेट लगाइदिएर दूध उत्पादन बढाउन तिनीहरूलाई ग्रीष्म ऋतुको बेलाको जस्तो खेतबारी र चौरका दृश्य देखाइएको बीबीसीले जनाएको छ ।

मस्कोस्थित कृषि मन्त्रालयले एउटा अनुसन्धानलाई उद्धृत गर्दै गाईको भावनात्मक अनुभवको अवस्था र दूध उत्पादनबीच सम्बन्ध रहने थाहा भएको जनाएको छ ।

प्रारम्भिक परीक्षणमा भीआर उपकरणले गाईबस्तुको “समग्र मनस्थिति”मा सुधार देखिएको बताइएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा मस्कोको रामन्स्की जिल्लास्थित रुसमोलोको फार्ममा उक्त परीक्षण गरिएको उल्लेख छ ।

“विभिन्न देशका डेरी फार्मका उदाहरणहरूमा शान्त वातावरणमा दूधको परिमाण अनि कहिलेकाहीँ गुणस्तर पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

उक्त उपकरणको प्रभाव गाईबस्तुमा कस्तो हुन्छ त्यो अनुसन्धानकर्ताहरूले दीर्घकालीन अध्ययन गरेर हेर्नेछन् । राम्रो परिणाम आइरहे उपकरणका निर्माताहरूले आफ्नो योजना विस्तार गर्ने अपेक्षा राखेको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : १४ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार