गाईलाई भीआर उपकरण, खेतबारी र चौरका दृश्य देखाएर दूध उत्पादन बढाउने ! « Khabarhub

गाईलाई भीआर उपकरण, खेतबारी र चौरका दृश्य देखाएर दूध उत्पादन बढाउने !


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ ।

उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ । आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भीआर प्रविधि हाल विशेषगरी कम्प्युटर गेमहरूका लागि प्रख्यात रहेको छ ।

सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत् दर्शकले आफू अर्कै दुनियाँमा रहेको वास्तविक जस्तै अनुभव गर्न सक्ने भएकाले यस्लाई कृत्रिम वास्तविकता भन्ने गरिएको हो ।

गाईहरूलाई भीआर प्रविधिजडित हेडसेट लगाइदिएर दूध उत्पादन बढाउन तिनीहरूलाई ग्रीष्म ऋतुको बेलाको जस्तो खेतबारी र चौरका दृश्य देखाइएको बीबीसीले जनाएको छ ।

मस्कोस्थित कृषि मन्त्रालयले एउटा अनुसन्धानलाई उद्धृत गर्दै गाईको भावनात्मक अनुभवको अवस्था र दूध उत्पादनबीच सम्बन्ध रहने थाहा भएको जनाएको छ ।

प्रारम्भिक परीक्षणमा भीआर उपकरणले गाईबस्तुको “समग्र मनस्थिति”मा सुधार देखिएको बताइएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा मस्कोको रामन्स्की जिल्लास्थित रुसमोलोको फार्ममा उक्त परीक्षण गरिएको उल्लेख छ ।

“विभिन्न देशका डेरी फार्मका उदाहरणहरूमा शान्त वातावरणमा दूधको परिमाण अनि कहिलेकाहीँ गुणस्तर पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

उक्त उपकरणको प्रभाव गाईबस्तुमा कस्तो हुन्छ त्यो अनुसन्धानकर्ताहरूले दीर्घकालीन अध्ययन गरेर हेर्नेछन् । राम्रो परिणाम आइरहे उपकरणका निर्माताहरूले आफ्नो योजना विस्तार गर्ने अपेक्षा राखेको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : १४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई