वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा खुल्यो « Khabarhub

वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा खुल्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा स्थापना भएको छ । उक्त ब्याङ्कलाई आफ्नो शुक्रकीट उपलब्ध गराउने तत्परता देखाउँदै तीन जनाले हस्ताक्षर गरेका छन् ।

उनीहरूको शरीरमा पत्ता लगाउन नसकिने मात्रामा एचआईभी छ। त्यसको अर्थ उनीहरूको रगतमा निकै न्यून सङ्ख्यामा विषाणु छन् जुन यौन सम्बन्ध गर्दा वा बच्चा जन्माउँदा सर्दैन ।

उक्त ब्याङ्कको उद्देश्य एचआईभी सङ्क्रमणबारे विद्यमान गलत धारणासँग सङ्घर्ष गर्नु रहेको बीबीसीले जनाएको छ ।

डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसभन्दा अघि तीनवटा परोपकारी संस्थाले ‘स्पर्म पोजिटिभ’ स्थापना गरेका हुन् ।

बडी पोजिटिभ, न्यूजील्यान्ड एड्स फाउन्डेशन र पोजिटिभ विमिन इङ्कले उक्त आयोजनाले मानिसहरूलाई एचआईभी सङ्क्रमणबारे सचेत बनाउने र सङ्कमित बिरामीमा हुने हीनताबोध कम गर्न सहयोगी हुने आशा लिएका छन् ।

सबै दाताहरू एचआईभी पोजिटिभ भए पनि सफल उपचारका कारण उनीहरूबाट विषाणुको सङ्क्रमण नहुने स्पष्ट पारिने उक्त ब्याङ्कले जनाएको छ ।

स्पर्म पोजिटिभ आफैँले नि:सन्तान उपचार क्लिनिक सञ्चालन गरेको छैन। तर वीर्य लिन इच्छुक व्यक्तिलाई उसले त्यस्ता क्लिनिकसँग उसले सम्पर्क गराइदिनेछ ।

तीन दातामध्येका एक डामिएन रुल-नीलले आफूलाई एचआईभी भएको जानकारी रोजगारदातालाई दिँदा हतोत्साह गरिएको र अन्तत: काम छाड्ने निर्णय गरेको रेडिओ न्यूजील्यान्डलाई बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : ३६ बजे

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्नन चाहेको हो ?

काठमाडौं- सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

नयाँ दिल्ली- भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा