मलङ्गवा अस्पतालमा आगलागी, ७ लाख बराबरको क्षति « Khabarhub

मलङ्गवा अस्पतालमा आगलागी, ७ लाख बराबरको क्षति


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको मलङ्गवा अस्पतालमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट अस्पतालमा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिनुभयो ।

मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको स्थानीय सञ्जय चौकरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ५८ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी