मलङ्गवा अस्पतालमा आगलागी, ७ लाख बराबरको क्षति « Khabarhub

मलङ्गवा अस्पतालमा आगलागी, ७ लाख बराबरको क्षति


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको मलङ्गवा अस्पतालमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट अस्पतालमा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिनुभयो ।

मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको स्थानीय सञ्जय चौकरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु